नियम ३९
बढुवा समिति
: (१) सशस्त्र प्रहरी सेवाको देहायका पदमा बढुवाको लागि सिफारिस गर्न देहाय बमोजिमको बढुवा समिति रहनेछ :–
(क) सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदको लागि :–
(१) सचिव, मन्त्रालय – अध्यक्ष
(२) सशस्त्र प्रहरी महानिरीक्षक – सदस्य–सचिव
(ख) सशस्त्र प्रहरी नायब महानिरीक्षक र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदको लागि :–
(१) सचिव, मन्त्रालय – अध्यक्ष
(२) सशस्त्र प्रहरी महानिरीक्षक – सदस्य
(३) सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक –सदस्य–सचिव
(ग) सशस्त्र प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षक र सशस्त्र प्रहरी निरीक्षक पदको लागि :–
(१) सशस्त्र प्रहरी महानिरीक्षक – अध्यक्ष
(२) सह सचिव, मन्त्रालय – सदस्य
(३) सशस्त्र प्रहरी नायब महानिरीक्षक – सदस्य–सचिव
(घ) सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक र सशस्त्र प्रहरी नायब निरीक्षक पदको लागि :–
(१) सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक – अध्यक्ष
(२) सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक – सदस्य
(३) सशस्त्र प्रहरी उपरीक्षक – सदस्य–सचिव
(ङ) सशस्त्र प्रहरी सहायक निरीक्षक पदको लागि :–
(१) सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक – अध्यक्ष
(२) सशस्त्र प्रहरी उपरीक्षक – सदस्य
(३) सशस्त्र प्रहरी नायब उपरीक्षक – सदस्य–सचिव
(च) सशस्त्र प्रहरी वरिष्ठ हवल्दार, सशस्त्र प्रहरी हवल्दार र सशस्त्र प्रहरी सहायक हवल्दार पदको लागि :–
(१) सशस्त्र प्रहरी उपरीक्षक – अध्यक्ष
(२) सशस्त्र प्रहरी नायब उपरीक्षक – सदस्य
(३) सशस्त्र प्रहरी निरीक्षक – सदस्य–सचिव
(२) उपनियम (१) को खण्ड (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पद रिक्त भई बढुवा समितिको सदस्य–सचिव तोक्न नसकिने भएमा उपनियम (१) को खण्ड (क) बमोजिमकै बढुवा समितिले खण्ड (ख) बमोजिमको बढुवा समितिको समेत काम गर्नेछ ।